ताजा समाचार

श्रावण २२ गते २०७६

राजपा कार्यालय पनि सरकारी जग्गामै !

ष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ ।

मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो ।

त्यहाँको भवनलाई ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । 

सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागि दिएको हो ।

मञ्च मधेस केन्द्रित दल राजपा निकट संगठन हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।