सडक डिभिजन पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ

डिभिजन सडक कार्यालय पोखराका प्रमुखसहित ५ जनालाई अख्तियारको टोलिले पक्राउ गरेको छ । बिहिबार साँझ करीब ७ बजे उनीहरुलाई प्रमुखको क्वाटरबाट ९ लाख रुपैयासहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रमुख पोख्रेल र इन्जिनियर पबित्रमणि आचार्य, बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएसआर कम्पनीका ठेकेदार ऋषि गौतम र २ भान्से पक्राउ परेका हुन् ।

सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेन हुँदा सडक निर्माण कमजोर हुने गरेको र यसरी नै आर्थिक लेनदेन हुने गरेको जनगुनासो छ ।