ताजा समाचार

श्रावण २३ गते २०७६

पोखरामा सुरु भयो स्मार्ट यात्रा

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई–टिकेटिङ लागु गर्ने भएपछि ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ ।

उक्त प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत९सिईओ० विश्वमोहन अधिकारीले बताए ।

पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण शुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ ।
प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणा छ ।

सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा महानगर यातायात पा।लि। का पदाधिकारीहरुको उपस्थितिमा यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।


Loading...