ताजा समाचार

श्रावण २३ गते २०७६

यसरी मनाइँदै छ युवा दिवस

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ । प्

रत्येक वर्ष अगष्ट १२ तारिखका दिन विश्वभर मनाईने युवा दिवसमा आयोनले पनि साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यो वर्षको मुख्य नारा शैक्षिक रुपान्तरण रहेको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोनले पहिलो दिन बुधबार फुटसल प्रतियोगिता आयोजना गरेको छ ।  

प्रतियोगितामा काठमाडौंमा रहेका १६ संस्थाको सहभागिता रहेको थियो । बिहीबार आयोनले स्थानीय तहमा युवा सहभागिता विषयमा युवा बहस कार्यक्रम आयोजना गरेको छ भने शुक्रबार शैक्षिक मुद्धामा शिक्षा क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम रहेको आयोनका अध्यक्ष जगदीश ऐरीले बताए । 

उनका अनुसार आयोनसँग आवद्ध संस्थाहरुसँग मिलेर शनिवार मुख्य कार्यक्रमको आयोजना गरिने भएको छ । अगष्ट १२ का दिन सातै प्रदेशमा कार्यक्रम गरिने आयोनले जनाएको छ ।
 
युवाका क्षेत्रमा क्रियाशील पाँच दर्जन बढी संस्थाहरुको छाता संगठन आयोन हो ।  आयोनले युवाका क्षेत्रमा स्थापनाकालदेखि काम गर्दै आएको अध्यक्ष ऐरले बताए । 

‘युवा नीति निर्माणदेखि छुट्टै युवा मन्त्रालय गठन हुनुपर्छ भन्ने माग नै आयोनको हो,’ उनले भने, ‘ अधिकार खोज्ने मात्र होइन, कर्तव्य र दायित्वप्रति पनि उत्तरदायित्व भएको सचेत युवा निर्माणमा आयोनले निरन्तर काम गर्दै आएको छ ।’