मुख्य समाचार

प्रचण्डमाथि सूर्य थापाको हमला

नेकपाको एकीकरण प्रक्रिया पूर्ण रुपमा सकिनु अघि नै दुई धारका विचारहरु छताछुल्ल हुन थालेका छन् । नेकपामा पूर्व एमाले र पूर्व माओवादीका नेताहरु प्रक्रियागत रुपमा एकीकरण भएपनि मानसिक रुपमा एकीकृत बन्न सकेका छैनन् । स्वार्थ पूरा गर्नको लागि मिलेका दुई पार्टीका नेताहरुबीच समय समयमा एक पक्षले अर्को पक्षलाई दिने कडा प्रतिक्रियाले पनि बेला बेलामा नेकपा भित्रको असलियत पत्ता लाग्ने गरेको छ ।  केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले… पुरा पढौ

धमाधम पालीकाका गाडिमा आगजनी

कपिलवस्तु र दाङमा गएराती सरकारी गाडिमा आगजनी गरिएको छ । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ । आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । उँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न… पुरा पढौ

प्रधानमन्त्री ओली स्वदेश फर्किनमा ढिलाई किन ?

शुक्रबार, आइतबार हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाइ लम्बिएको हो । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट… पुरा पढौ

घाटमा पुर्याइएका २ शिशु : १ शिशु व्युँतिएपछि…

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर… पुरा पढौ

‘राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, अब राजसंस्था राख्नुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन्।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए। उनले भने,‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन्।’  आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले… पुरा पढौ

यस्तो छ आजको मौसमको अवस्था

देशभर फेरि एकपटक बदली भएको छ । केही दिन सुधारिएको मौसममा फेरि एकपटक असर देखिएको हो ।  पोखरामा बदली भइरहेको छ । मध्य र पश्चिमका स्थानमा सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मेघगर्जनसहित वर्षा पनि भइरहेको छ । चट्याङ पनि परेको छ ।  वरिष्ठ मौसमविद् शान्ति कणेलका अनुसार मनसुन पूर्ण रुपले सक्रिय नभए पनि केही रुपले सक्रिय भएको हो । पहाडी भेगमा वर्षा केही दिनको तुलनामा बढेको छ ।  पोखरामा… पुरा पढौ

सच्चाईको नाममा झुक्याएर धर्म परिवर्तन

सर्वसाधारणलाई विभिन्न रोग परमेश्वरले निको पार्ने भ्रम छरेर धर्म परिवर्तन गराउने १ जना पक्राउ परेका छन् । पोखरा १७ महतगौंडामा रहेको सच्चाईको सत्संगका जमबहादुर पुनलाई शनिबार प्रहरीले पक्रेको हो । सर्वसाधारणलाई सबै धर्म मान्न मिल्ने, रोग निको हुने प्रलोभन दिएर हरेक शनिबार यहाँ बोलाउने गरिएको थियो । महतगौंडाका स्थानीयले यसबारे चासो राखेर सोधखोज गर्दा सच्चाइले बाइबल र प्रार्थना किताब सर्वसाधारणलाई किन्न लगाएको पाइएको छ । मूल्य उल्लेख नभएको बाइबलको सर्वसाधारणले… पुरा पढौ

बागलुङमा यसरी हुँदैछ उपनिर्वाचनको तयारी

निर्वाचन आयोगले मंसिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र १ वडाध्यक्ष गरी २ स्थानमा उपःनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका– २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान… पुरा पढौ

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ८ पुग्यो, २० अझै बेपत्ता

बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको  मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ… पुरा पढौ

सडक निर्माणको विरोध गरे तीन महिना जेल

देश २ सरकारले सडक निर्माण, विस्तार वा सुधार गर्ने क्रममा विरोध गर्नेलाई तीन महिनासम्म कैद सजायँ गर्ने भएको छ । प्रदेश सभाबाट पारित प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लेखिएअनुसार सडक निर्माण गर्ने क्रममा अरु जग्गा पनि सरकारले प्रयोग गर्न सक्ने छ । यस क्रममा हुलहुज्जत, बाधा विरोध गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ । कुनै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं