मुख्य समाचार

राजनीतिमा लाग्ने रवि लामिछानेको संकेत

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ यद्यपि उनले सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । केही लागेन भने राजनीति विकल्प… पुरा पढौ

झन खरो रुपमा उत्रिनेछु : रवि लामिछाने

टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन  खरो रुपमा उत्रिने बताएका छन् । मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले भने, ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’ पत्रकार सम्मेलनमा आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुन सक्ने उनले बताए । पुरा पढौ

सरकारप्रति नागरिकको भरोसा गुम्दै गएको छ:प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि गरे । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको जानकारी गराएका थिए। । यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क… पुरा पढौ

जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ ।  पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सुधारका योजना सार्वजनिक गरेका हुन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना उनले सार्वजनिक गरेका हुन् । यो समाचार कारोबार दैनिकमा छ… पुरा पढौ

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी

नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन् ।  विभागका अध्यागमन… पुरा पढौ

प्रधानमन्त्री ओलीले यसरी दिए धन्यवाद

स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरी टेलिप्रिन्जेन्समार्फत सोमबार मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन् । नेपालको इतिहासमै पहिलो पटक प्रयोग भएको यस प्रकारको अभ्यासका लागि यसअघिको मन्त्रिपरिषद्को बैठकले कार्यविधि परिवर्तन गरी प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहँदा भिडियो कन्फरेन्समार्फत बैठकको अध्यक्षता गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली यही भदौ ५ गते त्यसतर्फ गएका थिए । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामको कार्यभार सम्हाल्ने… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ ।  बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ ।  हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ ।  मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो । यो समाचार कान्तिपुर दैनिकमा अतुल… पुरा पढौ

आत्महत्या गर्नुपूर्व शालिकरामको भिडियो खिचिदिने व्यक्ति को थिए ?

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ ।  जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश हेमन्त रावलको बेञ्चमा हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ ।  तथ्य विश्लेषण खण्डमा यस्तो लेखिएको छ :‘भिडियो रेकर्डको अन्तमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुबै हात जोडेर आफ्ना वृद्ध बुवा,… पुरा पढौ

लुम्बिनीका कारण नजिकिँदै चीन

प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो ।  महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन् ।  प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत असार १६ गतेदेखि २५… पुरा पढौ

कास्कीमा डेंगु नियन्त्रणबाहिर

कास्कीमा फैलिँदै गएको डेंगुको संक्रमण नियन्त्रणबाहिर गएको छ । डेंगु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई चिन्ताको विषय बनेको छ । कास्कीमा गत वर्ष पनि छ सयमा डेंगु देखिएको थियो । यस वर्ष ३ साताभित्र २ सय ८० मा डेंगु देखिसकेको छ । पोखरा महानगरपालिका–८ भित्र रहेको कवाडी सङ्कलन केन्द्रबाट सो रोग फैलिएको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं