टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन खरो रुपमा उत्रिने बताएका छन् ।
मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले भने, ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’
पत्रकार सम्मेलनमा आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुन सक्ने उनले बताए ।






