मुख्य समाचार

नेकपा कार्यविभाजन : कुन विभागको प्रमुख, उपप्रमुखमा को-को ? (नामावलीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यविभाजन विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यविभाजन टुंगो लगाएको हो । विभागीय प्रमुख र उपप्रमुखसहितको कार्यविभाजन प्राप्त भएको छ । हेर्नुस् कुन विभागमा को ? पुरा पढौ

किर्ते नागरिकता काण्ड : पोखरा-१८ का वडाध्यक्ष थापासहित ३ जना पक्राउ

पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापालाई कास्की प्रहरीले पक्राउ गरेको छ । किर्ते गरी गैर नेपाली नागरिकलाई नागरिकता बनाउन सहयोग र शिफारिस गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । वडाध्यक्ष थापासहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरिएको हो । वडाध्यक्षसहित तीनै जनामाथि तिव्वती शरणार्थीलाई नेपाली नारिकता बनाउन सहयोग गरेको आरोप छ । विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दियो

टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।  प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो । ‘हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित अदालतले ५ दिन म्याद थपेको छ। हामी घटनाबारे अनुसन्धान गरिरहेका छाै‌’, एक प्रहरी अधिकारीले भने ।  पत्रकार… पुरा पढौ

खगराज भट्ट नेकपा सुदूरपश्चिमको सहइन्चार्ज नियुक्त

खगराज भट्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्ज चयन भएका छन् । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले भट्टलाई सहइन्चार्ज बनाएको हो । यसअघि भट्टलाई डँडेलधुरा जिल्लाको इन्चार्ज बनाइएको थियो । जिल्ला इन्चार्जमा असन्तुष्टि जनाउँदै उनले जिम्मेवारी नलिने घोषणा गरेका थिए । भट्टको असन्तुष्टि सम्बोधन गर्दै नेकपाले सहइन्चार्जमा पदोन्नति गरेको हो । भट्टसँगै नेकपाका अन्य केन्द्रीय नेताहरूको बाँडफाँट गरिएको छ । पुरा पढौ

वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव

पाल कम्युनिष्ट पार्टी नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । पुरा पढौ

नेकपाले टुंग्यायो कार्यविभाजन, स्कुल विभागमा पोखरेल, संगठनमा गौतम

 नेपाल कम्युनिष्ट पाटी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ  । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन्… पुरा पढौ

‘ब्याक डोर’ बाट अदालत लगियो रवि लामिछानेलाई

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र  कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।  उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन… पुरा पढौ

रवि लामिछाने समर्थकको चितवनमा प्रदर्शन

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले शुक्रबार चितवनमा प्रदर्शन गरेका छन् ।  प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ । तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । तस्वीर :… पुरा पढौ

‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?’

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा सहभागी छन् । गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्कएका प्रधानमन्त्री ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ्य भएका कारण नेकपाको बैठक सरेको थियो । झापाली… पुरा पढौ

पोखराको महेन्द्रपुलचोक-पालिखेचोक सडक २ दिन बन्द !

पोखराको मुख्य र व्यस्त बजार महेन्द्रपुल–पालिखेचोक सडक बन्द गरिएको छ । उक्त सडक आज शुक्रबार र भोलि शनिबार गरी २ दिन पूर्ण रुपमा बन्द हुनेछ । महेन्द्र्रपुल तायः मचा समिति पोखराले तायः मचा नृत्य तथा गाईजात्रा महोत्सवका लागि उक्त सडक बन्द गराएको हो । उक्त सडक बन्द गरिएपछि चिप्लेढुंगा, सिद्धार्थचोक, गैरापाटन, तेर्सापट्टीको सडकमा सवारी आवागमन असहज भएको छ । उक्त सडक बन्द गरिनु र विभिन्न स्थानबाट गाइजात्राका झाँकी र्याली निकालिएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं