किर्ते नागरिकता काण्ड : पोखरा-१८ का वडाध्यक्ष थापासहित ३ जना पक्राउ

पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

किर्ते गरी गैर नेपाली नागरिकलाई नागरिकता बनाउन सहयोग र शिफारिस गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष थापासहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरिएको हो ।

वडाध्यक्षसहित तीनै जनामाथि तिव्वती शरणार्थीलाई नेपाली नारिकता बनाउन सहयोग गरेको आरोप छ । विस्तृत विवरण आउन बाँकी छ ।