रवि लामिछाने समर्थकको चितवनमा प्रदर्शन

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले शुक्रबार चितवनमा प्रदर्शन गरेका छन् । 

प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ । तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । तस्वीर : रातोपाटीबाट