मुख्य समाचार

‘क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या’

संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ । तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्रले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’ उल्लेख छ । इतिहासदेखिका घटनाको प्रसंग जोड्दै प्रतिवदेनमा विवादित विषयलाई ‘किटानी’ साथ उल्लेख गरिएको छ । ०५८ साल जेठ १९ गते राति राजा… पुरा पढौ

डाक्टरविहीन हुँदै सुदूरपश्चिम

समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् । नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापना अन्य प्रदेशमा भएको छ ।  अन्यत्रबाट भने एक जना मात्रै पदस्थापना हुने सूची प्रकाशन भएको छ । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए ।  सेतीमा २४ जनाको दरबन्दीमा… पुरा पढौ

‘कर्मचारीले मात्रै नचल्ने रहेछ, निर्वाचन होस् !’

ओखलढुंगा । सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ।  यहाँका बासिन्दाले पहिले निर्वाचन बहिष्कार गरी आफ्ना माग सम्बोधन गराएका थिए। विकासमा पछि पर्दा जनप्रतिनिधिको अभाव महसुस भएको स्थानीय गम्बु शेर्पा बताउँछन्। ‘वडाध्यक्षको मात्रै भए पनि निर्वाचन होस्’, उनी भन्छन्, ‘कर्मचारीले मात्रै नचल्ने रहेछ।’ सोलुदूधकुण्ड नगरपालिकाको सीमामा पथ्र्यो, साबिकको तिङ्ला गाविस। स्थानीय तह पुनःसंरचनाका क्रममा… पुरा पढौ

गौरा पर्व भदौ २० गते होइन ६ गते मनाउनुपर्ने !

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ । यसवर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा भाद्र… पुरा पढौ

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण !

रुकुम-मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन आएका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पुरा पढौ

पूँजीवाद र साम्यवाद संकटमा : डा. भट्टराई

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूँजीवाद दर्शन विश्वभर ठूलो संकटमा परेको, यूरोप अमेरिका फाँसिवादतर्फ गईरहेको बताएका छन् । उनले कम्युनिष्टको साम्यवादी प्रणाली चरम संकटमा परेको अवस्थामा समाजवादी पार्टीको वैकल्पिक वैचारीक दर्शनले विश्व नै तरंगित भएको बताए । ‘कम्युनिष्ट प्रणाली सर्वहारा अधिनायकत्वको नाममा सबै अधिकार खोसेर जनवादी केन्द्रीयता लाद्ने, कार्यकर्तालाई भेडा बाख्रा जस्तोे बनाउने, केहि नेता मात्र अगाडि आउने खालको छ’, उनले भने, ‘स्टालिनवादी साम्यवादी… पुरा पढौ

पोखरालाई जस्तोसुकै सहयोग गर्न तयार छु : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले पर्यटनको राजधानीको रुपमा पोखरा रहेको बताउँदै फेवाताल र अन्य प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्द्धन तथा विकासको निम्ती जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको नेतृत्वमा आएको टोलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपालमा रहेको पर्यटकीय स्थलहरुको व्यापक मात्रामा विकास, विस्तार तथा संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भ्रमण… पुरा पढौ

देउवाले कुरा फेरे, भने,‘२ पार्टी एक भएको बहानामा काँग्रेसले हार्ने कुरा मान्न सकिन्न’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ पार्टी एक भएको बहानामा काँग्रेसले हार्ने कुरा मान्न नसिकिने बताएका छन् । उनले यस अघि २ कम्युनिष्ट पार्टी मिलेकाले गत चुनावमा कांग्रेस पराजित बन्नुपरेको जिकिर गर्दै आएका थिए । तर शुक्रबार पोखरामा भने उनले कुरा बदलेका छन् । देउवाले कास्कीमा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै यस्तो बताएका हुन् । नेपाली कांग्रेस केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानामा पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन… पुरा पढौ

ओलीले प्रचण्डसंग भने, ‘पार्टी तपाइले चलाउनुस् र प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार छु’

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार भएका छन् । शुक्रबार सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । स्रोत भन्छ, ‘पार्टी तपाइले चलाउनुस् र हाम्रो पूर्व सहमतिअनुसार प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार… पुरा पढौ

गुटबन्दी गर्दिनँ, पार्टीलाई एकढिक्का बनाएर लैजान्छु : वामदेव गौतम

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टीलाई संगठित, सुदृढ र गतिशील बनाएर लैजाने बताएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि नेता गौतमले संक्षिप्त कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टीमा शक्तिशाली मानिने संगठन विभागको जिम्मेवारी पाउनु भएको छ, पार्टी संगठनलाई अगाडि बढाउनेबारे के सोच्नु भएको छ भन्ने प्रश्नमा नेता गौतमले भने, ‘संगठन विभागको जिम्मेवारी पाएसँगै पार्टीमा काम गर्नको निम्ति थप… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं