श्रावण ३१ गते २०७६

ताजा समाचार

श्रावण ३१ गते २०७६

‘ब्याक डोर’ बाट अदालत लगियो रवि लामिछानेलाई



पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र  कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ । 

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो ।

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।