ताजा समाचार

श्रावण ३१ गते २०७६

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दियो

टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ । 

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो ।

‘हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित अदालतले ५ दिन म्याद थपेको छ। हामी घटनाबारे अनुसन्धान गरिरहेका छाै‌’, एक प्रहरी अधिकारीले भने । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

लामिछानेसहित  तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।लामिछाने पक्राउको विरोधमा शुक्रबार उनका समर्थकले  चितवनमा प्रदर्शन समेत गरेका थिए ।