सभामुखले संसद र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाए के हुन्छ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएको छ।

मन्त्रिपरिषद्‌को बैठक विदेशबाट बसाउने परिपाटीले गलत नजिरको विकास हुने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत आपत्ति जनाएका छन्। ‘कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउन कर्म गरे देशलाई त्यो पाच्य होला?,’ उनले सरकारलाई प्रश्न गरेका छन्।

शीघ्र स्वास्थलाभ गरेर स्वदेश फर्कनोस्, जनताले दिएको म्यान्डेड बमोजिम पूरा अवधि सरकार चलाउनोस् ‘तर, विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनोस्’ तर्क छ ।

सोमबार मन्त्रिपरिषद्‌को भिडियो कन्फ्रेन्समार्फत बसेको बैठकको ‘विनम्र ढंगले गम्भीर विमति’ रहेको शर्माले बताएका छन्।