पोखरा सुन्दर नगरी हो । नेपालकै प्रमुख पर्यटकीय राजधानी पनि हो । साथै गण्डकी प्रदेशको राजधानी पनि पोखरा नै हो । तर यहाँका सडकको अवस्था हेर्ने हो भने निकै दयालाग्दो अवस्था छ ।
साढे २ वर्ष अघिको महानगरको चुनावमा ‘स्मार्ट सिटी’ को नारा खुबै घोकाइएको थियो । स्मार्ट सिटी भन्दै ठूला ठूला भाषण अनि सपना पनि बाँडिएको थियो ।
तर यतिका समय बित्दा पनि सडक नयाँ बनाउनु त परै जावस् भएका सडकका खाल्डा समेत टाल्न नसकिएको अवस्था छ ।
पोखराको महेन्द्रपुल–रानीपौवा सडकको अवस्था हेर्ने हो भने झनै विकराल छ । पुलदेखि रानीपौवा हुँदै अमरिसिंहचोक जाने चोकसम्मको करिब १ सय ५० मिटरको सडमा सैयौ खाल्टा छन् ।
खाल्टा साना छैनन्, ठूला गाडी र मोटरसाइकल परेमा जेनतेन उक्लिन सक्छ तर ट्याक्सी र स्कुटर परेमा अन्य मानिस लगाएरै निकाल्नुपर्छ ।
योसंगै यो सडकमा दुर्घटना पनि घटेका छन् । खाल्टा छल्नेक्रममा दिनहूँ दुर्घटना हुने गरेको स्थानीय व्यवसायी बताउँछन् । दुर्घटना विशेषगरि पनी परेको बेला धेरै हुने गरेको छ ।
यस्तो छ स्मार्ट सिटीको सडक










