आफ्नै छिमेकी १० जनाद्धारा किशोरी बलात्कृत, अस्पताल भर्ना

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत भएकी छिन् । 

आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरुमध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।  

मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी  १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर  १० जनाको समुहले पालैपालो बलात्कार गरेको  प्रहरीले जनाएको छ ।  

बलात्कारमा संलग्न हुनेहरुमा १९ बर्षीय अमरनाथ भेडियार, सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोही उमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर , ३२ बर्षीय सुरेन्द्र यादव , बर्ष ३७ का भीमललवा मुसहर, ४० बर्षीय नेत्र चौधरी छन् ।

 उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ । 

एक जना फरार रहेको पश्चिम नवलपरासीका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए । रक्ताम्मे किशोरीलाई अस्पताल भर्ना गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य भईसकेको  डिएसपी थापाले बताए ।