नेकपाकै नेताहरुकाअनुसार अंगिकृत नागरिकलाई सिधा असर पर्ने विषय भएकाले यसबारे तत्काल निर्णय नगर्न शीर्ष नेताहरुले आग्रह गरेका छन् ।
१४ मंसिरमा उपनिर्वाचन हुँदैछ । त्यसको पूर्वसंध्यामा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गर्दा तराई मधेसको जनमत भडि्कने र स्थानीय चुनाव प्रभावित हुने नेकपाको डर छ ।
यस्तै ज्वाइँलाई १५ वर्षपछि नागरिकता दिने विषयमा पनि राजनीति हुन सक्ने उसको डर छ । समिति बैठकमै राजपाका संयोजक यादवले तत्लको राजनीतिक फाइदा र बेफाइदालाई हेरेर निर्णय गर्न नहुने बताएका थिए ।
तर नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमाथि अनावश्यक राजनीति नगर्न अरुदललाई आग्रह गरेका छन् ।
‘यो राष्ट्रियतासँग जोडिएको विषय हो । नागरिकता विधेयकमा कांग्रेसको फक मत छलफल सुरु भएकै आउनुपर्थ्यो । तर, आज आयो’ श्रेष्ठले आक्रोश पोखे, ‘देश जल्यो भने कम्युनिस्ट जल्छ, कांग्रेस बच्छ भन्ने कसैले नठाने हुन्छ ।’
गुठी विधेयक फिर्ता भएको प्रसंग कोट्याउँदै उनले भने, ‘हामीले कति बुझाउन सक्यौं सकेनौं आफ्नेा ठाउँमा छ, तर गुठी विधेयक फिर्ता हुने अवस्था बन्यो । राजधानी जल्यो । अब देश जल्ने अवस्था बन्न दिनु हुन्न ।’






