मुख्य समाचार

पोखरादेखि मुक्तिनाथसम्म चहलपहल

आश्विन कृष्णपक्ष (पितृपक्ष) का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट १ दिनको यात्रामा मुक्तिनाथ पुग्न सकिन्छ भने हवाई मार्गबाट आधा घण्टाको उडानमा जोमसोम विमानस्थल… पुरा पढौ

काँग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्द

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा काँग्रेसले बाँके घटनामा संलग्न भनी पीडितले किटानी जाहेरी गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको भन्दै तत्काल जाहेरी दर्ता गरी वास्तविक दोषीलाई कारवाहीको प्रतिवद्धता जनाउन सरकारसँग माग गरेको हो । बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपनि काँग्रेसका सांसदहरुले किटानी जाहेरीको निवेदन दर्ता गर्न… पुरा पढौ

अब २ लाख बढीको कारोबारमा चेक काट्नु पर्दैन

तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ । बैंकका अनुसार रु २ लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले… पुरा पढौ

डा. केसीको ७ बुँदे माग, पूरा नभए अनसन बस्ने चेतावनी

डा. गोविन्द केसीले ७ बुदे मागलाई अघि सार्दै अनसन बस्ने चेतावनी दिएका छन् । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले प्रधानमन्त्रीले विदेशमा उपचार गर्दा लागेको खर्च र यथार्थ स्वास्थ्य अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् । सरकारसँग अघिल्लो पटक भएका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने भन्दै उनले चिकित्सा शिक्षाको क्षेत्रमा हाल आन्दोलनरत विद्यार्थीहरुको मागहरु पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्नूपर्ने र… पुरा पढौ

अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु

रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको रघटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले  बताए । स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका… पुरा पढौ

बाँके घटनाले संसद अवरुद्ध

बाँके घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले तथ्य तोडमोड गरेको र अपराधीको नाम लुकाउन खोजेको भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसद गगन थापाले सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता रहेको र तिनलाई कारवाही हुनेमा आश्वस्त नपारेसम्म संंसद् चल्न नदिने बताए ।  गृहमन्त्री थापाले बाँके घटना घटाउने नकेपाको नीति र निर्देशन नभएको प्रष्टीकरण दिए । कांग्रेसका सांसदहरुले पञ्चायतमा सरकार कमजोर हुँदा मण्डले परिचालन गरेजस्तै अहिले नेकपाको सरकार कमजोर… पुरा पढौ

मन्त्री योगेश भट्टराई प्रकरण : ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीको ‘सुरक्षा’

नेपालगञ्जमा शनिबार भएको घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले आफ्नै कार्यालयमा राखेर सुरक्षा प्रदान गरेको जनाएको छ । शनिबार पर्यटन मन्त्री योगेश भट्टराईलाई पर्खिंदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान ढिलो गरी उडेको विषयमा विवाद चर्किएपछि शाहीले ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । मन्त्रीले आफ्ना कारण १५ मिनेटमात्रै ढिलो भएको बताएपछि ‘नेपालका लागि नेपाली अभियान’का अभियन्तासमेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए । महानगरीय प्रहरी… पुरा पढौ

प्रधानमन्त्री ओली : अब जुनसुकै कार्यक्रममा नजाने, ‘टेबल वर्क’ मा केन्द्रित हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा अब परिवर्तन गर्ने भएका छन् । उनको निजी सचिवालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन हुने भएको छ । अब जानैपर्ने काममा बाहेक उनले ‘टेबल वर्क’ मा बढी ध्यान दिनेछन् । सचिवालयका एक उच्च अधिकारीले भने, ‘उहाँले अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने गर्नुहुनेछ । यसअघि उहाँको दौडधूप बढी भएको र… पुरा पढौ

‘मन्त्रीका कारण होइन, हुलहुज्जत गर्नेकै कारण उडान ढिला’

शनिबार दक्षिण कैलालीको टीकापुर पार्कमा डल्फिन महोत्सव आयोजना गरिएको थियो । प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई । आइतबार (आज) संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुपर्ने भएकाले भट्टराईलाई शनिबारै धनगढी विमानस्थलबाट काठमाडौं फर्कनुपर्ने थियो । तर, आयोजकले कार्यक्रम ढिला शुरू गरिदिए  । ढिलो सुरु भएपछि सकिन पनि ढिलो हुने नै भयो ।  धनगढीबाट काठमाडौं फर्कन असम्भव देखिएपछि नेपालगञ्ज विमानस्थलबाट काठमाडौं फर्कने चाँजोपाँजो मन्त्रीको… पुरा पढौ

राष्ट्रिय बाल दिवस आज : बालबालिकाका पीडा उस्तै

आइतबार भदौ २९ गते राष्ट्रिय बाल दिवस । यो दिवस विशेष गरी बालबालिकाको अधिकारका लागि मनाइन्छ ।  नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइँदैछ । बालबालिका अझै पनि विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं