मुख्य समाचार

जहाज कुराउँछन् नेता

मनाङको हुम्देसम्म नियमति उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर गर्यो ।  पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ जना सवार थियो ।  पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको जहाज हुम्दे अवतरण गर्दा ८ बजेर ५८ मिनेट भएको थियो ।  पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमी) टाढाको हुम्दे सामान्य… पुरा पढौ

नगरपालिकालाई पाँच रुपैयाँ !

राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् ।  बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन् ।  जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्रांगणबाट निकालिएको र्याली चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर प्रमुख शम्भुप्रसाद यादव… पुरा पढौ

ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ। ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा स्थापना गरिएको छ। स्याट–१ ले डेढ घण्टामा… पुरा पढौ

अब पाइपलाइनबाटै काठमाडौंमा तेल

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको हो । आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौँमा पेट्रोलियम पदार्थ… पुरा पढौ

मन्त्री योगेश भट्टराईको त्यो उडान…

कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे ।  कार्यक्रम सकेर काठमाडौँ फर्कने तय भइसकेको थियो तर टिकापुरबाट धनगढी फर्किएर साँझ पाँच बजेको जहाज भेट्न नसकिने भएपछि आयोजकको सल्लाहमा मन्त्रीसहित चारजना नेपालगञ्जबाट आउने भए ।… पुरा पढौ

पाँच लाखका लागि लखेटेर हत्या

दुई जनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया-५, पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख  रुपैयाँ लुटी लगेका छन् ।  भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम लुटी फरार भएका थिए ।  पछ्याउँदै मोटरसाइकलमा आएका, मुखमा कपडा बेरेका दुईजनाले गुडिरहेको मोटरसाइकल नजिक ल्याई… पुरा पढौ

ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलन : पत्रकारकै नाममा यस्ता हर्कत

शनिवार साँझ नेपालगञ्जबाट शुरु भएको हाइभोल्टेज ड्रामा आइतवार दिउँसोसम्म जारी रह्यो। यो ड्रामामा नेपाली राजनीतिका एक आशलाग्दा भनिएका नेता नराम्रोसँग विवादमा तानिए। मन्त्री समेत रहेका योगेश भट्टराई विवाद भएको स्थान नेपालगञ्जमा रहँदासम्म ठिकै थिए। तर काठमाडौं झर्न नपाउँदै उनले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया र त्यसपछि उत्पन्न प्रतिक्रियाको सिलसिलाले एउटा नेताको राजनीतिक जीवन र उनको लोकतन्त्रप्रतिको निष्ठालाई नै कठघरामा खडा गरेको छ।  नेपालगञ्जमा सुझवुझपूर्ण रहेर प्रतिक्रियाविहिन भएका भट्टराई काठमाडौं आइपुग्दा आफ्नोतर्फबाट… पुरा पढौ

नेपाल प्रहरी होईन, नेकपा प्रहरी : सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले सत्तारुढ दलले गृह प्रशासन दुरूपयोग गरेको आरोप लगाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले यस्तो आरोप लगाएका हुन् । बाँकेको खजुरामा कांग्रेसको जागरण अभियानको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले सभापति किरण कोइरालामाथि गरेर लोकतन्त्रमाथि नै आक्रमण गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् । संसदमा बाँके घटनाका बारेमा सदनलाई जानकारी गराएपछि बोल्दै सांसद सिहंले नेकपाले गृह प्रशासनको दुरुपयोग गरेको बताएका… पुरा पढौ

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए । अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका… पुरा पढौ

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सजिलो छैन: प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचे जस्तो सजिलो नभएको बताएका छन् । अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा  सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिए । सहिद प्रतिष्ठान, नेपालद्धारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं