मुख्य समाचार

सहारा क्लबको अध्यक्षमा पुनः केशव थापा

सहारा क्लब पोखराको अध्यक्षमा पुनः केशवबहादुर थापा चयन भएका छन् । उनको कार्यक्रम २ वर्षको हुनेछ । उनी लामो समयदेखि क्लबका सक्रिय छन् । २०५५ सालमा स्थापित क्लबमा वसन्त थकाली, विक्रम थाकाली, वीरभद्र आचार्यले यसअघि नेतृत्व गरिसकेका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी रहेका छन् । यसैगरी कोषाध्यक्षमा राजु लालचन, सचिवमा सुनिल राना मगर र सहकोषाध्यक्षमा विनु राना मगर रहेका छन् । यसैगरी… पुरा पढौ

पोखराको मौषम डरलाग्दो, सचेत रहन आग्रह

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षा हुने जनाएको छ ।  काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बिहानैदेखि मौसम बिग्रिएको छ । महाशाखाले भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी… पुरा पढौ

बाग्लुङका थापाको जापानमा निधन, यस्तो छ कारण

गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए ।      दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उनका… पुरा पढौ

वैज्ञानिकले जन्माए डेंगु प्रतिरोधी लामखुट्टे, ९ देशमा परिक्षण सम्पन्न

यो वर्ष दक्षिण एसिया मात्र होइन दक्षिण पूर्वी एशियाका फिलिपिन्स, भियतनाम, म्यानमार र कम्बोडियामा डेंगुको कारा भयावह स्थिति देखियो ।  नेपालमै पनि हजारौं मानिस यो रोगका कारण प्रभावित भएका छन् । विशेषज्ञहरुले डेंगुको यस सक्रमणको लागि बढ्दो विश्वव्यापि तापक्रम र र सुरक्षाको प्रयाप्त उपाय नहुँनुलाई जिम्मेबार ठहराएका छन् ।  यसबीच, वैज्ञानिकको एक समुहले डेंगु नियन्त्रण गर्नको लागि डेंगु–प्रतिरोधी लामखुट्टे जन्माउने अनुसन्धान गरिरहेका छन् । यसबाट यो रोगसँग लड्न सकिने आसा… पुरा पढौ

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार मोदीले ६९ औं जन्मदिन मनाउँदै गर्दा ओलीले तीन भाषामा शुभकामना दिएका हुन् ।  प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती भाषामा जन्मदिनको शुभकामना व्यक्त गरेका हुन् ।  शुभकामना सन्देशमा राम्रो स्वास्थ्य, खुशीयाली जीवन र दीर्घायुको कामना गरिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले उक्त अवसरमा नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउँदै लैजाने विश्वास पनि व्यक्त गरेका छन् ।  पुरा पढौ

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।           केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व रेग्मीका तीन छोरा र चार छोरी छन् । उनको पार्थिव शरीरलाई सोमबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ… पुरा पढौ

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

नाफा कमाउन नसकेको भन्दै वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो। समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका… पुरा पढौ

चीनलाई रिझाउन सरकारले निषेध गर्‍यो हिमालका ७३ क्षेत्र

चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । चीनसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । सरकारले निषेध गरेको स्थानमा निर्वाध हेलिकोप्टर, ड्रोन उडानमा समेत रोक लगाएको छ ।  गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।  २०२१ सालमा हिमाली जिल्लाका केही भूभागमात्रै निषेधित क्षेत्र घोषणा गरिएको भए पनि त्यसलाई विभिन्न कालखण्डमा… पुरा पढौ

झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।  २ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि… पुरा पढौ

गृहमन्त्री रामबहादुर थापाका भाइको ‘हिरासत’ चिरायु अस्पताल

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ ।’ ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं