सहारा क्लबको अध्यक्षमा पुनः केशव थापा

सहारा क्लब पोखराको अध्यक्षमा पुनः केशवबहादुर थापा चयन भएका छन् । उनको कार्यक्रम २ वर्षको हुनेछ । उनी लामो समयदेखि क्लबका सक्रिय छन् ।

२०५५ सालमा स्थापित क्लबमा वसन्त थकाली, विक्रम थाकाली, वीरभद्र आचार्यले यसअघि नेतृत्व गरिसकेका छन् ।

क्लबको वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी रहेका छन् ।

यसैगरी कोषाध्यक्षमा राजु लालचन, सचिवमा सुनिल राना मगर र सहकोषाध्यक्षमा विनु राना मगर रहेका छन् ।

यसैगरी क्लबको कार्यसमिति सदस्यमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योती केसी, सन्दिप सुवेदी, गंगाराम पौडेल र विष्णु कार्की छन् ।

क्लबको नयाँ नेतृत्व चयनका लागि अधिवक्ता केशवराज बरालले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

सहारा क्लबले फुटवल प्रतियोगिता मार्फत नेपालको खेलकूद क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

पोखरामा प्रत्येक वर्ष आयोजना हुने आहारारा गोल्डकप फुटवल प्रतियोगिता नेपालकै चर्चित प्रतियोगिता हो ।

प्रतियोगिताको आम्दानी सहारा एकेडेमीमा खर्च गर्दै आएको छ । क्लबले पोखराको दोविल्लामा सहारा एकेडेमी सञ्चालन गरेर सामाजिक क्षेत्रमा समेत अब्बल सावित गरेको छ ।