मुख्य समाचार

नयाँ संसद् भवनको आज शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको आज शिलान्यास गर्ने भएका छन् । सिंहदरबारको पुतली बगैंचामा निर्माण गर्ने तय भएको भवनको बुधबार बिहान ११ः३० बजे शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा… पुरा पढौ

स्वास्थ्यमन्त्री यादव उडेको उड्यै

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश… पुरा पढौ

चीन सरकारले दिएका जहाज निगमलाई घाँडो

चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् ।  अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एक/एकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो ।  निगमका… पुरा पढौ

वरीयता मिचेर नेतृत्व गर्ने मन्त्री, उपप्रधानमन्त्रीको सहभागिता मात्रै

उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारले नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् ।  सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि न्युयोर्क जान लागेका छन् ।  महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को वरीयतामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५… पुरा पढौ

झाँक्रीले पेटमा प्वाल पारेर मृत्यु भए पनि प्रहरीले उजुरी लिन मानेन

झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भए पनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।  दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो ।  राजुको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन । लामा झाँक्रीविरुद्ध जाहेरी… पुरा पढौ

राहदानी विधेयकमा राष्ट्रपतिको चासो के भयो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ ।  राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुने सम्भावना देखाउँदै प्रमाणीकरण नगरिकन फिर्ता गरेकी थिइन् ।  सरकारीबाहेकका काममा विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न सक्ने गरी प्रतिनिधिसभाबाट विधेयकमा गरिएको संशोधनमा राष्ट्रियसभाले कुनै फेरबदल गरेको छैन । राष्ट्रपति… पुरा पढौ

श्राद्ध गर्न नदिए देशभर आन्दोलन !

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्व हिन्दू महासंघ उपत्यका समितिले मुस्ताङको कागबेनीमा हिन्दू धर्मविरोधी समूहले सोह्र श्राद्ध आरम्भसँगै त्यहाँ श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको विषयमा घोर आपत्ति जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काल श्राद्ध तथा पितृ तर्पण गर्ने कार्य सुचारु नगरे देशभरि सनातन धर्म संस्कृति संरक्षणको लागि आफूहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।… पुरा पढौ

संविधान दिवस : हातमा लिने र घरमा सजाउने झण्डाको आकार कस्तो ?

विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो । सरकारले कार्यविधि संशोधन गरेर राष्ट्रिय झण्डालाई नागरिकको घरघरमा राख्न पाउने व्यवस्था मात्रै गरेन, विभिन्न गैरसरकारी संस्थाले कार्यालयमा र सवारी साधन भित्रसमेत सम्मानपूर्वक झण्डा राख्न मिल्ने बनाएको छ । सरकारले कार्यविधि संशोधन गरेर राष्ट्रिय झण्डालाई नागरिकको घरघरमा राख्न पाउने व्यवस्था मात्रै गरेन, विभिन्न गैरसरकारी संस्थाले कार्यालयमा र सवारी साधन भित्रसमेत सम्मानपूर्वक झण्डा राख्न मिल्ने… पुरा पढौ

गाउँपालिका तोडफोड आरोपमा पक्राउ वडाध्यक्ष रिहा गर्न माग

माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेस कास्कीले ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् । वडाध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासी उम्मेद्वार खुसीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेलसहित ४०÷५०… पुरा पढौ

जन्मदिनको शुभकामनामा ओली-मोदीको यस्तो जुहारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ६९ औँ जन्मदिनमा मंगलबार गुजरातीसहित अंग्रेजी र हिन्दी गरी तीनवटा भाषमा जन्मदिनको शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको शुभकामनाको जवाफ भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै फर्काएका छन् । शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका थिए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं