मुख्य समाचार

प्रचण्डले फुकाले दाँत

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत फुकालेका छन्। पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका हुन्। डाक्टर सुमित साहले उनलाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए। बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जानकारी दिएको छ। पुरा पढौ

अब ग्यास पनि पाइपलाइनबाटै

नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना बनाएको छ । रक्सौल बोर्डरदेखि चितवनको लोथरसम्म ग्यासको पाइप बिच्छ्याउने योजना रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । निर्देशक पौडेलका अनुसार बोर्डरदेखि चितवनको लोथरसम्म ९८ किलोमिटर रूटमा ग्यासको पाइप विछ्याउने योजना अघि बढाइएको छ । पाइपलाइनको सर्भे गर्न इण्डियन आयल कर्पोरेसनले एमएस एसोसियसनलाई जिम्मा दिएको छ । निगमको आग्रहमा इण्डियन आयल कर्पोरेसनले पाइपलाइनको सर्भे गरेको हो… पुरा पढौ

७० वर्ष नाघेकालाई हवाई भाडा आधा

पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले  ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई  हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन यसअघि नै सबै हवाइ सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मन्त्री भट्टराईको यस निर्देशनलाई निजी हवाइ सञ्चालकले कार्यान्वयनमा ल्याउन नसक्ने भन्दै विरोध जनाएका थिए ।   तर सरकारी निर्देशन कार्यान्वयनमा अहिले सरकारी  एयरलाइन्सनै अग्रसर भएको छ । ७० वर्ष पूरा भएको… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी, अध्यक्षको गाडीको चावीसमेत खोसियो

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले तालावन्दी गरेको बताइन्छ । वडा कार्यालय तोडफोड गरेको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा कांग्रेस विरोधमा उत्रिएको थियो । सोही अन्तर्गत गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेको हो । साथै गाउँपालिका प्रमुख कर्णबहहादुर गुरुङको गाडीको चावी समेत खोसिएको बुझिएको छ । तालावन्दी गर्ने, गाडीको चावी खोस्ने आन्दोलनकारीलाई प्रहरीले खोजी गरिरहेको छ । पुरा पढौ

‘वर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउनू’

पर्यटन विभागले हिमाल आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ । मंगलबारदेखिको जारी वर्षा रोकिन केही दिन रहने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेपछि विभागले आरोहीहरूको सुरक्षामा ध्यान दिन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको हो । विभागअन्तर्गतको होटल तथा पर्वतारोहण डिभिजनलेले असोज २ सम्म मौसम प्रतिकूल हुने रिपोर्ट आएको उल्लेख गर्दै आफूमार्फत विभिन्न हिमाल आरोहणमा गएकाहरूको सुरक्षित बसोबास मिलाउन एजेन्सीहरूलाई निर्देशन दिएको छ… पुरा पढौ

पहिरोले घर पुरिँदा बालकको मृत्यु

काभ्रे  जिल्लाको फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । अविरल वर्षासँगै बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका-४, फेदीबजारका रोजन तामाङको घर पुरिएको प्रहरीले जनाएको छ । घटनामा उनका चार वर्षीय छोरा दीपेशको मृत्यु भएको छ । पहिरोको समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेकाे प्रहरी भनाइ छ ।-फाइल तस्वीर पुरा पढौ

प्रधानमन्त्री ओली औपचारिक कार्यक्रममा

धानमन्त्री केपी शर्मा ओली २७ दिनपछि बुधबार पहिलोपटक बालुवाटार बाहिरको सार्वजनिक कार्यक्रममा सहभागी बनेका छन् । २७ दिनपछि असोज १ गते ओली एकै दिन दुईवटा कार्यक्रममा सहभागी बन्दैछन् । ओलीले बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा राष्ट्रिय सभागृहमा हुने कार्यक्रम र सिंहदरवारको पुतली बगैँचामा संघीय संसदको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार दुवै कार्यक्रम सकेर ओली पुनः बालुवाटार नै फर्कने छन्… पुरा पढौ

अब फोन गरेकै भरमा भिआइपी पास दिन्नौं’

पछिल्लो समय देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपीको नाममा दुरुपयोग बढेको छ। सामान्य भिआइपी आएको समयमा विमानस्थलको भन्सार एक्सरे नै सञ्चालन नहुने भएपछि त्यसरी पास लिएर जाने आउने प्रवृत्ति बढेको थियो। विशेषगरी सामन्य यात्रुका लागि भन्सार जाँचमा कडाइ गरेपछि निजामति तथा मन्त्री निकटका केही मान्‍छेहरुले‍ भिआइपीको पास बनाउने र जाने/आउने गरेको आरोप लाग्दै आएको छ। यही सन्दर्भमा नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका महाप्रबन्ध राजकुरमार क्षेत्रीले कसैले फोन गरेकै भरमा कसैलाई पनि… पुरा पढौ

रघुवीर महासेठ र प्रभु साहलाई पार्टीबाट निकाल्न माग

विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गर्नेलाई कारबाही गर्न माग गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह लगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै नेकपाका १६ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन्। विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय… पुरा पढौ

विमानस्थलमा राखिएको हेलिकप्टरबाटै तेल चोरी!

विमानस्थलभित्र चोरी? सुनचाँदी नगद वा अन्य बहुमूल्य धातु होइन। इन्धन चोरी भएको घटना सार्वजनिक भएको छ। यसअघि नेपाल एयरलाइन्सका जहाजबाट टायरसमेत हराउने सुनिए पनि निजी सेवाप्रदायकको हेलिकप्टरबाट तेल चोरी भएको हो। विमानस्थल कार्यालय सम्बद्ध स्रोतका अनुसार पार्किङमा राखिएका दुई कम्पनीका हेलिकप्टरबाट तेल चोरी भएको हो। विमानस्थलको अनुमति दिएका व्यक्तीमात्र जान पाउने उक्त क्षेत्रमै इन्धनको चोरी हुनु गम्भिर घटना भएको र यो सार्वजनिक नगर्न नेतृत्वले दवाव दिएको विमानस्थलका जुनियर अधिकारीहरुले बताएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं