मुख्य समाचार

संविधान अपूर्ण : बाबुराम भट्टराई

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान निर्माण कार्यलाई आफूले कम्तीमा एक हप्ता लम्ब्याउन आग्रह गरेको तर काँग्रेसका नेताहरुले नमानेको खुलासा गरेका छन् ।  ‘संविधानको ३०८ धाराका बारेमा छलफल हुनुपथ्र्यो, त्यति नगरे पनि कम्तीमा छलफलका लागि एक हप्ता अझै समय दिउँ भनि आग्रह गर्दा काँग्रेसका नेताहरुले मानेनन्’ उनले भने । हतारमा संविधान निर्माण गरिएको हुनाले त्यो अपूर्ण रहेको बताउँदै उनले त्यही भएर आफूले ग्लास आधा भरिएको तथा आधा खाली रहेको अभिव्यक्ति दिएको… पुरा पढौ

अधिकारी बने सहायक रथी

तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत यमबहादुर अधिकारी ‘प्रतिक्षा’ बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको बताए । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार चार वर्षको पदावधि सकिएपछि उनको पद स्वतः खारेज हुनेछ । विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका… पुरा पढौ

आइपुग्यो भीभीआईपीले चढ्ने हेलिकप्टर

सरकारले अतिविशिष्ट र विशिष्ट पदमा रहेका व्यक्तिको सवारीमा मात्र प्रयोग गर्ने गरी हेलिकप्टर खरिद गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको हो । नेपाली सेनामार्फत खरिद गरिएको यो हेलिकप्टरको उडान तथा सञ्चालनसमेत सेनाबाटै हुने प्राधिकरणको भनाइ छ । ‘हेलिकप्टर नेपाल आएको छ,’ प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने, ‘अब प्राधिकरणमा औपचारिक रुपमा दर्ता हुन्छ ।’ सरकारले करीव डेढ अर्ब रुपैयाँ लागतमा यो हेलिकप्टर किनेको हो… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा लागेको ताला कहिले खुल्छ ?

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा लागेको ताला अझै खुलेको छैन । पार्टी निकटका वडाध्यक्ष पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसले गापाको कार्यालयमा बुधबार तालावन्दी गरेको थियो । गापाको कार्यालयमा तोडफोड गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मा ३ अघि पक्राउ परेका थिए । उनीहरू अझै प्रहरी हिरासतमा छन् । कार्यालयमा तालावन्दी भएपछि सेवाग्राही निकै समस्यामा परेको गापा प्रमुख कर्णबहादुर गुरुङले जानकारी दिए… पुरा पढौ

बजेट अधिवेशन आज सकिंदै, प्रधानमन्त्री ओलीले संवोधन गर्दै

 संघीय संसदको चौथो तथा बजेट अधिवेशन बिहीबार सकिँदैछ । संसदका दुवै अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।  ओलीले दिउँसो २ः३० बजे संवोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । हुनत प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्‌मा सम्बोधन गर्ने व्यवस्था राखिएको छ ।  तर ओलीको स्वास्थ्य राम्रो नभएका कारणले यसले निरन्तरता पाउन सकेको छैन । यसअघि सभामुख कृष्णबहादुर महराले पनि यसबारेमा जानकारी गराएका… पुरा पढौ

किशोरी करणी कसुरमा अलिमियाँलाई १० वर्ष कैद

एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ ।  न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।     आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा… पुरा पढौ

श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ । साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।  विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए । विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी… पुरा पढौ

सरकारी कर्मचारीको उमेर हद बढ्दै

निजामती कर्मचारीको उमेर हद कार्य–सम्पादनको आधारमा विस्ताबन्दीमा दुई वर्षसम्म बढाउने तयारी भएको छ ।  व्यवस्थापिका सविचाराधीन संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउँदै ५८ बाट ६० पुर्याउने सहमति जुटाउने तयारी भएको हो । तर दुई वर्षसम्मको उमेर हद कर्मचारीको कार्यसम्पादनको आधारमा मात्रै थप हुनेछ ।  संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमै रहेको संघीय निजामति सेवा विधेयकमा निजामाती कर्मचारीको कार्यसम्पादनको आधारमा उमेरहद बढाउने विषयमा सहमति जुटेको हो ।… पुरा पढौ

स्थानीय तहका प्रमुख-उपप्रमुखबीच भिडन्त जारी, थप१ जनाको मृत्यु

देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन् । सोही पार्टीको रेणु झा… पुरा पढौ

विदेश जाने जनप्रतिनिधिको ताँती

जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं