मुख्य समाचार

प्रहरीलाई सहुलियतमा ऋण सुविधा

प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन किस्ताबन्दीमा समेत गरिद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी… पुरा पढौ

ग्यारेजमा थन्किए विधुतीय बस

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म पुगी उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका विधुतीय बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । पुरा पढौ

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन् । आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रम शुभारम्भ गर्दै थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने पनि स्पष्ट पारेका छन् । उनले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोंच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई आग्रह गर्दै यातायात… पुरा पढौ

राजपाका केन्द्रीय उपाध्यक्षको हृदयघातका कारण निधन

राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रिय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ। शनिबार ललितपुरमा आयोजित पार्टीको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हृदयघात भएपछि उपचारका क्रममा उनको निधन भएको हो कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा हृदयघात भएपछि तत्काल नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको र उपचारका क्रममा चौधरीको मृत्यु भएको  राजपाका महासचिव केशव झाले जानकारी दिए। चौधरीको दाहसस्कार गृहजिल्ला बारामा गर्ने भएकाले उनको शव बारा लैजाने तयारी भएको झाले जानकारी दिए। ६० वर्षीय… पुरा पढौ

“अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”सुवासचन्द्र नेम्वाङ

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अब नेपाली जनताले अधिकारका लागि लड्नु नपर्ने बताएका छ्न ।शनिबार इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ र संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको ठोकुवा समेत गरे।नेम्वाङ वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताएका छन् । उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले… पुरा पढौ

संविधान जलाउने को–को हुन् ?

संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।  संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए । पुरा पढौ

धादिङवासी स्वाभिमानी, इमान्दार र मेहनती हुनुपर्छ : ढुंगाना

धादिङ–पोखरा सम्पर्क समाजको २१ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै धादिङ नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले समाजमा आवद्ध कसैले पनि अबदेखि यो पार्टी र त्यो पार्टी नभन्न आग्रह गरे । समाजका आजीवन सदस्य समेत रहेका मेयर ढुंगानाले भने, ‘समाज स्वार्थसहित, राजनीतिक गन्धरहित पवित्र संस्था हुनुपर्छ । त्यसैलै अबदेखि समाजभित्र बसेर राजनीतिक पार्टी नभनौं ।’ उनले समाजभित्र बसेर राजनीति गरियो भने मानिस मर्दा पनि राजनीति हुन… पुरा पढौ

मनसुन लम्बिने,अझै झरी पर्ने

नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् “यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको छ”, उनले भनिन् । मनसुनको… पुरा पढौ

‘डेंगु’ त होइन नि ?

यतिबेला राष्ट्रिय चर्चा र चासोको विषय ‘डेंगु’ बनेको छ । डेंगुले राष्ट्रिय मुद्धाहरुलाई नै ओझेलमा पारेको छ । डेंगु तराई, पहाड हुँदै हिमाल चढ्न थालिसकेको छ । डेंगुले सबै नेपालीको मनमा डेरा जमाएर बसिसकेको छ । डेंगु ! नभन्ने नेपाली कमै छन् । मानिस बिरामी भएर अस्पताल प्रवेश गर्ने वित्तिकै सबैभन्दा पहिला रगत निकालेर डेंगु परीक्षण, त्यसपछि मात्र अन्य रोग परीक्षण । यो रोग परीक्षको शुल्क अस्पताल पिच्छै फरकफरक रहेछ… पुरा पढौ

सञ्चारमन्त्री बाँस्कोटा झण्डा बोकेर नाचेपछि….

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन् । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाद्वारा कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने बताए । उनले भने, “सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ, जुन कुरा असम्भव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं