ताजा समाचार

असाेज ५ गते २०७६

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन् ।

आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रम शुभारम्भ गर्दै थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने पनि स्पष्ट पारेका छन् ।

उनले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोंच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई आग्रह गर्दै यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका छन ।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वतः घटेर जाने गृहमन्त्री थापाको भनाइ छ । सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ पनि सबैलाई सचेत गराएका छन ।


Loading...