पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अब नेपाली जनताले अधिकारका लागि लड्नु नपर्ने बताएका छ्न ।शनिबार इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ र संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको ठोकुवा समेत गरे।नेम्वाङ वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताएका छन् ।
उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गरे ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपनेतासमेत रहेका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा सबैले बुझ्न आवश्यक रहेको उल्लेख गरे । संविधानको प्रस्तावनामा नै जनताले निर्माण गरेको ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलक’ लेखिएकाले पनि सबैको पहिचानलाई अपनत्व गरेको बुझ्नुपर्ने नेम्वाङले स्पष्ट पारे ।






