यतिबेला राष्ट्रिय चर्चा र चासोको विषय ‘डेंगु’ बनेको छ । डेंगुले राष्ट्रिय मुद्धाहरुलाई नै ओझेलमा पारेको छ ।
डेंगु तराई, पहाड हुँदै हिमाल चढ्न थालिसकेको छ । डेंगुले सबै नेपालीको मनमा डेरा जमाएर बसिसकेको छ ।
डेंगु ! नभन्ने नेपाली कमै छन् । मानिस बिरामी भएर अस्पताल प्रवेश गर्ने वित्तिकै सबैभन्दा पहिला रगत निकालेर डेंगु परीक्षण, त्यसपछि मात्र अन्य रोग परीक्षण ।
यो रोग परीक्षको शुल्क अस्पताल पिच्छै फरकफरक रहेछ । कुनैमा १ हजार, कुनैमा १ हजार ५ सय र कुनैमा २ हजार ।
म स्वयं (हरि पन्त) ज्वारो आएर अस्पताल पुगें । डक्टरले शुरुमा रगत जाँच गर्न निर्देश गरे । सोही बमोजिम १ हजार ५ सय रुपैयाँ तिरेर डेंगु परीक्षण गराएँ, तर डेंगु भेटिएन ।
हुन त मलाई डेंगु छैन भन्ने लगभग थाहा थियो, किनकी डेंगुको कुनै पनि लक्षण मेरो शरीरमा देखा परेको थिएन । डक्टरको सल्लाह नमान्न पनि भएन ।

त्यसपछि डक्टरकै सल्लाह बमोजिम औषधि लिन मेडिकल पुग्दा रिंगटा लागेर ढल्न पुगेछु । त्यसपछि अस्पताल भर्ना हुन बाध्य भएँ ।
जब मलाई ज्वरो आउन शुरु भएदेखि नै भेटमा, फोन, सामाजिक सञ्जालमार्फत शुभेच्छा प्रकट गर्ने सबैको प्रश्न एउटै थियो, ‘डेंगु त होइन नि ?’
अनि मलाई गहिरो महसूस भयो, ‘डेंगुले जनजनको मनमनमा राज गरेर बसेको रहेछ, डेंगुका कारण मानिस निकै आतंकित भएका रहेछन् ।’




