कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा लागेको ताला अझै खुलेको छैन ।
पार्टी निकटका वडाध्यक्ष पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसले गापाको कार्यालयमा बुधबार तालावन्दी गरेको थियो ।
गापाको कार्यालयमा तोडफोड गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मा ३ अघि पक्राउ परेका थिए । उनीहरू अझै प्रहरी हिरासतमा छन् ।
कार्यालयमा तालावन्दी भएपछि सेवाग्राही निकै समस्यामा परेको गापा प्रमुख कर्णबहादुर गुरुङले जानकारी दिए ।
यसैबीच नेविसंघ संवद्ध युवाले नियन्त्रणमा लिएको गापा प्रमुख गुरुङको गाडी अझै फिर्ता नभएको समेत बुझिएको छ ।
नेपाली कांग्रेसले भने पक्राउ परेकाहरू विनाशर्त रिहाइ नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।






