मुख्य समाचार

संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् । महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन । यो सूचनासँग सभामुखको पद रिक्त… पुरा पढौ

संसद सचिवालयले वेबसाइटबाट महराको नाम हटायो

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद… पुरा पढौ

महराले बुझाए ‘दोस्रो राजीनामा’ पत्र

यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ । महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन । यो राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे… पुरा पढौ

पञ्चेबाजासहित उद्घाटन हुँदाहुँदै वडा कार्यालयमा ताला

रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो । नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए ।अब थप विरोधको कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन् । वडाध्यक्ष डिलाराम बेल्वासले भने कांग्रेसको आरोप झुतो भएको र उहिरुबाट कुनै किसीमको भेदभाब… पुरा पढौ

बौलाहा कुकुरले टोक्दा ५० भन्दा बढी घाइते

महोत्तरीमा एकै दिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा। मृत्युञ्जयकुमार… पुरा पढौ

नयाँ शर्त सहित खुल्यो २०२१ को लागि डिभी

सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् । आवेदन फारम भर्न… पुरा पढौ

सभामुख पदबाट मात्र नभई सांसदबाट पनि हटाउनुपर्छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हटाइ जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । कञ्चनपुरकी निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले कानुन सबैका लागि समान… पुरा पढौ

आजबाट देशैभर नेपाल टेलिकमको फोरजी सेवा शुभारम्भ

नेपाल टेलिकमले फोर जीरएलटीई सेवाको नेटवर्क आजदेखि देशैभर विस्तार गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ । यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा… पुरा पढौ

देशको ईज्जत र प्रतिष्ठा जोडिएको आरोप झुठो सावित होस् : गगन थापा

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभामुख कृष्णबहादुर महरामथि लागेको बलात्कारको आरोप विज्ञप्ति जारी गरेर पन्छिन नमिल्ने बताएका छन्। यस्तोमा सभामुखले अनुसन्धानलाई सहयोग गर्नु पर्ने थापाले बताएका छन्। ‘यदि सभामुख महराको आरोप लगाएको जस्तो रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउने सजाय बराबर सजाय पाउनुपर्छ’, थापाले भने । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई… पुरा पढौ

अन्तर्राष्ट्रिय मिडियामा महराको यस्तो चर्चा

यौन दुर्व्यवहारको आरोपमा नेपालका सभामुखले राजीनामा दिएको प्रसंगले  आजका अन्तर्राष्ट्रिय मिडियामा पनि निकै चर्चा पाएको छ । न्यूयोर्क टाइम्सले बलात्कारको आरोपमा नेपालका सभामुखले पदबाट राजीनामा दिएको जनाएको छ । त्यस्तै अल जजिरा, मियामी हेराल्डलगायतका दर्जनौं मिडियामा समाचार प्रकाशन गरेका छन् । समाचारहरुमा उनी प्रभावशाली कम्युनिस्ट नेता भएको समेत जनाइएको छ । एशोसिएट प्रेस (एपी) ले समाचार बनाएकोले सो समाचार विश्वका विभिन्न मिडियाले सोही एजेन्सीबाट लिएर समाचार बनाएको पाइएको छ ।  न्यूयोर्क… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं