पञ्चेबाजासहित उद्घाटन हुँदाहुँदै वडा कार्यालयमा ताला

रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए ।अब थप विरोधको कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन् ।

वडाध्यक्ष डिलाराम बेल्वासले भने कांग्रेसको आरोप झुतो भएको र उहिरुबाट कुनै किसीमको भेदभाब नगरेको बताएका छन् ।

पञ्चेबाजासहित आयोजना गरिएको एक समारोहकाबीच राष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले भवन उद्घाटन गरेका थिए । भवन १ करोड ६ लाख ४५ हजार लागतमा सम्पन्न भएको थियो ।