मुख्य समाचार

एकै परिवारका ५ जनाको शव ट्याङ्कीमा फेला

बाराको फेटा गाउँपालिका– ४ मा एकै घरका ५ जनाको शव ट्यांकी (खाल्डो) भित्र भेटिएको छ । घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताएअनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ । यसरी मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी… पुरा पढौ

रोशनी शाहीको श्रीमानसँग सम्बन्ध विच्छेद

सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो । उनीहरु दुबैले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् । पत्रमा भनिएको छ, ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका… पुरा पढौ

नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ ।  संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ ।  नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ । नयाँ… पुरा पढौ

महरा रोशनी शाहीको डेरामा पुगेको पुष्टि

यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो । स्रोतबाट… पुरा पढौ

बाघको आक्रमणबाट महिलाको मृत्यु

पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको बुधबार बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । “बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो”, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख… पुरा पढौ

अब छानविनबाट जोगिएलान् महरा ?

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् । यससँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् । मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)ले महरालाई सभामुख र सांसद पदबाट… पुरा पढौ

महराले दुर्व्यवहार नगरेको भन्दै रोशनी शाहीद्धारा प्रहरीमा निवेदन दर्ता

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी रोशनी शाहीले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।  उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले  निवेदन दर्ता गराएको पुष्टि गरे । आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार… पुरा पढौ

के महराको पुनर्वहाली सम्भव छ ?

संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन् । नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले संसद सचिवालयकी कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप लागेका महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै उनी पुनर्वहाली हुने सम्भावना नरहेको बताएका हुन् । महासचिव पौडेलले सो प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा सो घटनाको अनुसन्धान प्रक्रिया नरोकिने पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौंजदारी कार्यविधि संहिताअनुसार… पुरा पढौ

अब बन्ने सभामुख को ? नेकपाले पाउने सम्भावना कम

कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेको अवस्थामा अब सत्ता पक्षले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । सभामुख पद नेकपाको हातबाट गुम्ने अवस्था देखिए पनि यो पद कांग्रेसकै भागमा पर्छ भन्नेचाहिँ निश्चित छैन । यो पद साना दलको भागमा पनि पर्न सक्ने सम्भावना देखापरेको छ । हुन त नेकपाभित्र सभामुख बन्न लालायित नेताहरु धेरै नै निस्कने सम्भावना छ… पुरा पढौ

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल सवार मनीषको मृत्यु

प्रहरीको  भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ ।  जनकपुरधाममा बुधबार विहान प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा एकजनाको मृत्यु र एक घाइते भएका छन । मृत्यु हुने धनुषा जिल्लाको धनौजी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  ४ मा डेरा गरी बस्ने अन्दाजी वर्ष १८ का मनीष मण्डल रहेका छन ।  जनकपुर अञ्चल अस्पताल स्रोतका अनुसार मोटरसाइकल सवार अर्का एकजना युवा जनकपुरधाम उपमहानगरपालिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं