ताजा समाचार

असाेज १६ गते २०७६

रोशनी शाहीको श्रीमानसँग सम्बन्ध विच्छेद

सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।

उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो । उनीहरु दुबैले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् । पत्रमा भनिएको छ, ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते ।

समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ,’ सुरुमा आरोप लगाएको भए पनि उनले पछि पहिले भनेको कुरा सत्य नभएको भन्दै अर्को भिडियो बाहिर ल्याएकी थिइन । उनकाे चरित्रमाथि नै अहिले प्रश्न उठ्न थालेको छ ।


Loading...