मुख्य समाचार

महरा प्रकरण छानविन गर्न उच्चस्तरीय टोली गठन

राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाही बिच भएको घटनाका बारेमा छानविन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ। असोज १२ गते राती महराले शाहीलाई बलत्कार गरेको भनेर शाहीले संचारमाध्यमलाई बताएकी थिईन। उनले उक्त घट्न भएको राती नेपाल प्रहरीको १०० मा फोन गरेर जानकारी समेत गराएकी थिईन्। उक्त घट्ना पछि महराले शभामुखबाट राजिनामा दिईसकेका छन्। शाहीले कुनै घट्ना नभएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन्। उनले… पुरा पढौ

फोहोर उठाउन आउने कर्मचारीलाई दशैं खर्च दिन पर्दैन : मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फोहोर संकलन गर्न आउने कर्मचारीलाई कुनै पनि शुल्क नदिन आग्रह गरेका छन् । फोहोर संकलन गर्न आउने कर्मचारीले नगरवासीसंग दशैं खर्च बापत रकम मागेपछि मेयर जिसीले यस्तो आग्रह गरेका हुन् । नेपालदूतसंग कुरा गर्दै उनले भने, ‘दशैंखर्च बापत शुल्क लिने महानगरको कुनै नीति छैन र लिन भनिएको पनि छैन । त्यसैले नगरवासीले फोहोरबापत कर्मचारीलाई दशैं खर्च नदिनु आग्रह गर्दछु ।’ फोहोर संकलन गर्ने महानगरका कर्मचारीले… पुरा पढौ

महरालाई डवल कार्वाही गर्न पार्टीभित्रैबाट माग

महरा प्रकरणबारे सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महिला नेतृहरूले मुख खोलेका छन् । महराले कम्युनिस्ट आन्दोलनको शिर निहुर्‍याएको भन्दै पार्टीमा नफर्कने अवस्था सिर्जना गर्न र हदैसम्मको कारवाही गर्न नेतृत्व समक्ष अनुरोध गरेका हुन् । “कानुन निर्माण गर्ने मुलुकको सर्वोच्च थलोमा बसेको मान्छेले सदियौंदेखि यौन हिंसा गर्ने, नारीलाई प्रताडित तुल्याउने, पदीय मर्यादाको सामान्य ख्याल पनि नराख्ने, झण्डा हल्लाउँदै महिदाको कोठाकोठामा जाने कृष्णबहादुर महरा संसद्मा फर्किएर आउन मिल्दैन । उहाँले संसद्बाट… पुरा पढौ

महरा काण्डलाई फासफुस पार्न मिल्दैन : बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले कृष्णबहादुर महराद्धारा भएको यौन दुर्व्यवहार आरोपलाई फासफुस नपार्न सरकारलाई सचेत गराएका छन् ।  उनले लोकतन्त्रमा सबैभन्दा गरिमामय पद प्रतिनिधिसभाको सभामुख भएकाले उक्त पदमा रहेको व्यक्तिले गरेको भनिएको उक्त काण्डलाई त्यत्तिकै फासफुस पारेर सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न नहुने बताएका छन् ।  सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्, ‘लोकतन्त्रमा सबभन्दा गरिमामय पद प्रतिनिधिसभाको सभामुख हो । अपराधमा सबभन्दा निकृष्ट बलात्कार हो !… पुरा पढौ

‘दशैंमा इन्धन अभाव हुँदैन’

नेपाल आयल निगमले दशैंमा कुनै पनि खाले इन्धनको अभाव नहुने स्पष्ट पारेको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ । निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको बताए । दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ ।… पुरा पढौ

महरा प्रकरणमा वर्षमान पुनलाई किन जोडे निर्मलले ?

बलात्कारको आरोप खेपेपछि प्रतिनिधिसभाको सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि यो मामिलाले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आरोप-प्रत्यारोपको श्रृङ्खला जन्माएको छ। त्योसँगै महरा परिवार तथा समर्थकहरुले आफ्नै पार्टीभित्रका नेताहरुबाट ‘गद्दारी’ भएको आरोप लगाएका छन् भने ती मध्ये केहीले महराले ‘मिलिनियम च्यालजेन्ज कर्पोरेशन’ सम्बन्धि प्रस्ताव पारित गर्न प्रधानमन्त्री केपी ओली तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको अनुरोध अवज्ञा गरेकोले महरा संलग्‍न प्रकरण यो रुपमा बाहिर आएको दावी गरेका छन्। महराका छोरा… पुरा पढौ

चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ।  यही ‘असोज २७ गते नेपाल आउने’ राष्ट्रपति सीलाई स्वागत गर्न सिंगै सरकार, काठमाडौं महानगरपालिका, निजी क्षेत्र, बैंकलगायत एक दर्जनभन्दा बढी निकाय लागिपरेका छन्। राष्ट्रपति सी हिँड्ने सडकमा सरकारी कार्यालय र ठूला बैंकले स्वागतद्वार निर्माण गर्नेछन्। राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, उद्योग वाणिज्य महासंघ, काठमाडौं… पुरा पढौ

सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण सर्वाधिक महत्वको हुने

मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ । राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्बन्धित निकायको सक्रियता तीव्र बनेको छ । चीन समृद्ध राष्ट्र बन्ने मार्ग्तिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको भ्रमणलाई कूटनीतिक जगत्मा सर्वा्धिक महत्त्वका साथ हेरिएको छ । भव्य स्वागतको तयारीनेपाल कम्युनिस्ट… पुरा पढौ

महरा प्रकरणः फरेन्सिक जाँचको तयारी

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ ।  यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो । ‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक –फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’… पुरा पढौ

चिनियाँ सहयोग : ठूला पूर्वाधारमा लगानी

यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ । परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ । ठूला पूर्वाधारमा सहायता अपेक्षितठूला र रणनीतिक महत्वका आयोजनामा चिनियाँ सहयोग निरन्तर सहयोगी बन्दैआएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं