ताजा समाचार

असाेज १६ गते २०७६

एकै परिवारका ५ जनाको शव ट्याङ्कीमा फेला

बाराको फेटा गाउँपालिका– ४ मा एकै घरका ५ जनाको शव ट्यांकी (खाल्डो) भित्र भेटिएको छ । घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताएअनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ ।

यसरी मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिन लगायत रहेका छन् ।

बुधबार राति ८ बजेतिर प्रहरीले सो घटनासम्बन्धी जानकारी पाएको थियो । त्यसलगत्तै अनुसन्धान थाल्न बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएको छ ।

घटना रहस्यमय भएकोले उनीहरूको मृत्युको कारण थाहा पाउन अनुसन्धान भइरहेको छ ।


Loading...