सुनसरीको इटहरीमा सोमबार मध्यरातमा ५ जना युवाहरुले युवतीलाई बलात्कार गरेका छन । इटहरीको धरान विराटनगर सडक खण्डको पेट्रोल पम्प नजिक एक युतवीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।धरानबाट को १ ख ४६२६ नम्बरको वसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यलय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा १२ का बस चालक विकास कसई,झापा सुरुङ्गा ४ का सुरज थापा, सिरहाका सुजेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न रहेको बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले मध्यरातमा बलात्कार भएको घट्ना सुने लगातै प्रहरी परिचलान भएको कारण अपराधि पक्राउ परेको बताएका छन् घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।






