दुबईमा सवारी दुर्घटना हुदा ६ नेपालीको मृत्यु

संयुक्त अरब इमिरेट्स ९युएई०को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।दुर्घटना परी अन्य ६ जना घाइते भएका छन्। घाइतेहरु भने नेपाली नागरिकनभएको जानकारी प्राप्त भएको छ।

नेपाली दूतावासका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा रमेश चौधरी (धनकुटा) दान बहादुर सत्याल (सर्लाही ) कृष्ण बहादुर पुन (पाल्पा) नारायण प्रसाद पोखरेल (नवलपरासी) दिपक बिक (सुनसरी धरान) र नायराम साउद ( कैलाली) रहेका छन् ।

दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा सोमबार बिहान ४स्५४ मा दुर्घटना भएको हो ।

मृतक नेपालीहरु सबै फस्ट सेक्युरेटी कम्पनीमा काम गर्दै आइरहेका थिए । कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ डिउटीका लागि लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको हो।मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ ।