मुख्य समाचार

नेकपाको चियापानमा एक लाखलाई निम्तो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ । चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय… पुरा पढौ

सुरक्षित यात्राकोलागि चालक सम्मान कार्यक्रम

ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम पनि सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो । सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गर्नु परेको स्पष्ट पापारेका छन् । चालकहरुको लापरबाहीका… पुरा पढौ

निःशुल्क स्वास्थ्य शिविरमा ४९६ जनाको उपचार

गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् । शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएका थिए। त्यस्तै शिविरमा पाँच… पुरा पढौ

पोखरामा एउटै प्रणालीबाट खानेपानी वितरण : जिसी

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्र एउटै खानेपानी प्रणालीबाट पानी वितरणको प्रस्ताव संघीय सरकारमा पठाइएको बताएका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औं वार्षिक साभारणसभामा उनले पोखराभित्र स्तरीय खानेपानी वितरणका लागि एउटै प्रणालीको विकास गरिनुपर्नेमा जोड दिएका हुन् । पोखरा उपमहानगरपालिकामा खानेपानी संस्थान र लेखनाथमा साना सहरीले खानेपानी वितरण गर्दै आएका छन् । अब एउटै महानगर भइसकेकाले २ वटा प्रणाली ठीक नभएकोसमेत स्पष्ट पारे ।… पुरा पढौ

फेवातालबाट २० ट्रक जलकुम्भी निकालियो (फोटो फिचरसहित)

पोखराको फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले अभियान सञ्चालन गरेको छ । भदौ अन्तिम साता आएको बाढीले बगाएर ल्याएको जलकुम्भी झारले फेवाताल पुरै ढाकेपछि कुरुप भएको थियो । ताल जलकुम्भी झारले ढाकेपछि आन्तरीक तथा बाह्य पर्यटकलाई ढुङ्गामा सयर गर्न समस्या भएको थियो । पोखरा महागरभित्र पर्ने फेवाताल जलकुम्भीमय भएपछि महानगरले झार व्यवस्थापन गर्न समिति नै गठन गरेर अभियान सञ्चालन गरेको छ । असोज ८ गतेदेखि महानगरले १ साताको कार्ययोजना… पुरा पढौ

ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं लगियो

अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा लगियो छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।  शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।  शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कुटपिट गरेका थिए । शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए ।  प्रहरीका अनुसार बा ३ ख ४५… पुरा पढौ

कांग्रेस नेता ‘पंथी’ यति मनकारी…

नेपाली काँग्रेस गुल्मीका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा  खर्चिएका छन् ।  पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र  त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका-५, मलागिरीका गोरखबहादुर  बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै… पुरा पढौ

ज्ञानेन्द्र शाही चितवनमा यसरी कुटिए

 ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । घटजनमा संलग्न… पुरा पढौ

जेष्ठ नागरिकलाई ‘नागरिकता’ को धोको

आफन्त कोही नभएपछि बेवारिसे बनेका ७५ वर्षीय हितलाल विष्टले बास र गाँस त पाए नै तर नागरिकता नपाउँदा उनी अहिले पनि चिन्तित छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरेपछि जाने ठाउँ र लैजाने आफन्त कोही पनि नभई बेवारिसे बनेका उनी जिल्ला प्रशासन कार्यालय कास्कीको सहयोगमा ५ वर्षअघि पोखरा वृद्धाश्रममा आइपुगेका हुन् । त्यस्तै पोखराको सडकमा बेवारिसे भेटिएकी करीब ८० वर्षीया उजेली गुरुङलाई प्रहरीको गस्ती टोलीले उद्धार गरी सोही आश्रममा ल्याएको… पुरा पढौ

मन्त्रीपरिषद् बैठकमा किन रन्किए प्रधानमन्त्री ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठकमा महत्वपूर्ण मन्त्रालयकै मन्त्रीहरु उपस्थित नभएपछि बैठक नै खल्लो सावित भएको छ । बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखिएकामा महत्वपूर्ण मन्त्रालयका सहित सात मन्त्री उपस्थित थिएनन् ।  दुईमध्ये एक उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिकामा छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघको महासभामा मन्त्री यादव पनि अमेरिकामै रहेका हुन् ।  मन्त्री ज्ञवाली पनि अमेरिकामै छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु नेपाल आएर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं