मुख्य समाचार

देवी खड्का र पार्वत गुरुङलाई मन्त्री बनाउने प्रचण्डको आश्वासन

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दोलखाका सांसद्लाई मन्त्री बनाउने आश्वासन दिएका छन् । जिरी नगरपालिकाको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘देवी खड्का र पार्वत गुरुङले दोलखा जिल्लाले संघ र प्रदेशमा समेत मन्त्री पाउन नसकेको गुनासो गर्नुभयो । मन्त्री नहुँदा नै विकासमा पछि पर्नु नपर्ने हो । समानुपातिक विकास हुनुपर्ने हो । तर चिन्ता लिनु पर्दैन । मन्त्रिपरिषद् पुनःगठन हुँदा दोलखाले मन्त्री पाउनेछ ।’ राजधानी… पुरा पढौ

बुद्ध एयरले तोड्यो रेकर्ड

पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सरकारले सम्मान गरेको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको हो । ४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले गत आवमा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो । बुद्ध एयरले… पुरा पढौ

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

दसैँको घटस्थापनाका दिन (असोज १२ गते) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो। घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाका दिन सार्वजनिक बिदा दिन माग गरेपछि प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदाको निर्णय लिएको हो। पुरा पढौ

पोखरा र गोरखाको लागि अग्रिम टिकट बुकिङ खुला

दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई… पुरा पढौ

नगरपालिकाले खोल्यो आफ्नै क्रसर उद्योग

प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो । उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा… पुरा पढौ

विप्लवका उपत्यका इन्चार्ज पूर्पक्षका लागि जेल चलान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई नख्खु कारागार पठाइएको हो । विश्वकर्मा गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए । उक्त बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । प्रहरीले विश्वकर्माविरुद्ध… पुरा पढौ

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानमा साइकल वितरण

देश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका १४८ छात्रालाई साइकल वितरण गरिएको छ । धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितरण गरेका हुन । अयोध्यानगरका ७३ तथा दहीपौराका ७५ छात्रालाई राज्यमन्त्री कुशवाहाले साइकल हस्तान्तरण रेका छन्। पुरा पढौ

आइजीपी खनाललाई बर्खास्त गर्ने तयारी !

भ्रस्टाचारमा मुछिएका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। करोडौं रकम आर्थिक अनियमिताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी अनुसन्धानलाई तीब्रता दिएसँगै उनलाई बर्खास्त गर्न गृहकार्य सुरु भएको हो। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ। ‘एकपछि अर्को प्रकरणमा मुछिँदै गएका महानिरीक्षक खनाल भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिन दायरामा परेपछि बर्खास्त गर्ने तयारी भएको छ’, गृहमन्त्री रामबहादुर… पुरा पढौ

जाममा फसेका बिरामीको मृत्यु

त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले… पुरा पढौ

डीआइजीको दरबन्दीमा एआइजी !

नेपाल प्रहरीबाट राष्ट्रिय सुरक्षा परिषदमा डीआइजीको दरबन्दी छ । तर ४ महिनादेखि एआइजी धिरु बस्नेत राष्ट्रिय सुरक्षा परिषदमा काजमा कार्यरत छन् । बुधबार भएको एआइजीहरुको सरुवामा पनि उनलाई राष्ट्रिय सुरक्षा परिषदमै काजमा राखिएको छ । बुधबार भएको ३ एआइजीको सरुवामा मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखी उनलाई राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएको छ ।  डीआइजीको दरबन्दीमा एआइजी बस्नेतलाई काजमा राखिएको हो । राष्ट्रिय सुरक्षा परिषदमा डीआइजी समेत भरिसक्यै जान मान्दैनन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं