मुख्य समाचार

पृथ्वी राजमार्गमा अत्यासलाग्दो जाम

दशैंको मुखमा काठमाडौंको नागढुंगा छिचोलेर गल्छी आइपुग्न मात्रै सवारीले ८ घण्टा लाग्न थालेको छ । सरकारले पानी पर्नु अघिसम्म हेलचक्र्याइँपूर्वक अपायक समयमा सडकमा खाल्डा टाल्ने नाममा अहिले ‘मान्द्रे’ पिच ओछ्यारहेको थियो । पानी परेपछि त्यो पनि रोकिएको छ । सडकमा ठूला–ठूला खाल्डा परेकाले मालबाहक ट्रक तथा ट्रेलरहरु नागढुंगाको ओरालोमा बल्ल–तल्ल उक्लिँदैछन् । महानगरीय प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का ३ दिन यता जाम झनै विकराल बनेको बताउँछन् । ‘पानी… पुरा पढौ

बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट पक्राउ

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।  सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ। पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर घटनाको अनुसन्धान… पुरा पढौ

म पनि द्वन्द्व पीडित हुँ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन् ।  तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गरे । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई… पुरा पढौ

फेवाताल बचाउन सफाइ अभियान

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ । वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर जाने बाराहीघाटबाट जलकुम्भी झार निकालेर महानगर प्रमुख मानबहादुर जिसीले अभियानको शुभारम्भ गरे । फेवाताल सरसफाइ महानगरको प्राथमिकतामा रहेको बताउँदै उनले यतिखेर… पुरा पढौ

गोपाल किराँतीले ब्युताए माओवादी केन्द्र, गोलाकारभित्रको हसिया, हथौडा लिएर चुनाव लड्दै

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको दल दर्ता भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएपछि माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा दल पुनर्गठन गरेका थिए । किरातीले सोही नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेका हुन् । आयोगले उक्त दललाई चुनाव चिह्न पनि गोलाकारभित्रको हसिया हथौडा नै दिएको छ । उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका… पुरा पढौ

हेलमेट प्रहार गरी पैसा लुटियो

भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका छन् । प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । २ जनाले उक्त रकम लुटेर लगेको छन्। मोटरसाइकलमा सवार त्रिपाठीले पैसासहितको… पुरा पढौ

प्रेमजालमा पारेर बेचिएकी महिला २५ दिनपछि घर फर्किन्

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा सो घटनाबारे जानकारी गराएका थिए । बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित… पुरा पढौ

अमेरिकी राजदूत बेरी र सभापति देउवाबीच भेटवार्ता

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । भेटमा उनीहरु बीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकाँैदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको छ । पुरा पढौ

शाह,राणा र नेता सबै बडाहाकिम भए : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राणा र शाह शासकहरू जस्तै अहिलेका नेता पनि बडाहाकिम भएको बताएका छन्। रुपन्देहीमा भइरहेको तिलोत्तमा लगानी सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष दाहाले शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो’, ‘तर लोकतान्त्रिक आन्दोलनपछि अवस्था फेरिन्छन् भनेका नेताहरू पनि उल्टै बडाहाकिम भएको भनेका छन्।’ उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूले जनताका लागि धेरै गर्नुपर्नेमा जोड दिएका छन् । कतिपय अवस्थामा राणा बडाहाकिमहरू र… पुरा पढौ

लुटेरालाई गोली प्रहार गरी नियन्त्रणमा

जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए तर ३ राउण्ड गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं