हेलमेट प्रहार गरी पैसा लुटियो

भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका छन् । प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । २ जनाले उक्त रकम लुटेर लगेको छन्। मोटरसाइकलमा सवार त्रिपाठीले पैसासहितको पछाडी बोकेको झोला अज्ञात समूहले खोजेपछि उक्त घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।