मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको दल दर्ता भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएपछि माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा दल पुनर्गठन गरेका थिए । किरातीले सोही नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेका हुन् ।
आयोगले उक्त दललाई चुनाव चिह्न पनि गोलाकारभित्रको हसिया हथौडा नै दिएको छ । उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।






