शाह,राणा र नेता सबै बडाहाकिम भए : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राणा र शाह शासकहरू जस्तै अहिलेका नेता पनि बडाहाकिम भएको बताएका छन्।

रुपन्देहीमा भइरहेको तिलोत्तमा लगानी सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष दाहाले शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो’, ‘तर लोकतान्त्रिक आन्दोलनपछि अवस्था फेरिन्छन् भनेका नेताहरू पनि उल्टै बडाहाकिम भएको भनेका छन्।’

उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूले जनताका लागि धेरै गर्नुपर्नेमा जोड दिएका छन् । कतिपय अवस्थामा राणा बडाहाकिमहरू र नेताहरू उस्तै उस्तै हो कि छुट्याउन गाह्रो भएको जानकारी गराउदै अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नभए पनि सचेत हुने बेला आइसकेको उल्लेख गरेका छन्।

अध्यक्ष दाहालले जहिले पनि ध्वंशात्मक, निरंकुश समय जस्तो नकारात्मक हुनु भएन।’ राजनीतिक घोषणाले मात्रै देशलाई समृद्ध बनाउन नसकिने भएको हुदा सोच र शैलीमा परिवर्तन गरी ‘अब आर्थिक, सामाजिक विकासमा जोड दिनुपर्ने कुरामा जोड दिएका छन्’।

राणा, शाह र पञ्चायतको जस्तै व्यवहार नदेखाइ अराजकता र अस्थिरता फैल्याउने धमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई जवाफ दिनु पर्छ। अध्यक्ष दाहालले अब चीनबाट आउने रेल अब केही दिनमा सम्झौता हुने र देश विकासतर्फ लम्किने बताए।’