बुद्ध एयरले तोड्यो रेकर्ड

पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सरकारले सम्मान गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको हो ।

४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले गत आवमा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो ।

बुद्ध एयरले एकै दिन सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको छ । बुद्धले एकै दिन ५५ सय ९२ यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको हो ।

यही असोज ९ गते देशभरका ५५ सय ९२ यात्रुलाई सेवा दिने अवसर पाएको बुद्ध एयरलाईन्सले जनाएको छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गरेर एयरलाईन्सले यात्रुलाई सुरक्षित र सहज सेवा दिने जनाएको छ ।