कांग्रेस नेता ‘पंथी’ यति मनकारी…

नेपाली काँग्रेस गुल्मीका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा  खर्चिएका छन् । 

पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र  त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका-५, मलागिरीका गोरखबहादुर  बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको परिवारजनको भनाइ छ ।