ताजा समाचार

असाेज २५ गते २०७६

कांग्रेस नेता बस्नेतद्धारा सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

- बालबालिकालाई निःशुल्क पढाउने

नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । 
     
पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका हुन् ।      
     
पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन् ।

“तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु”, पूर्वमन्त्री बस्नेतले भने। 

सिपाटारबाट काठमाडौँ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएका थिए ।     
     
बालबालिकालाई निःशुल्क पढाउने     
     
पूर्वमन्त्री बस्नेतले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराउने भएका छन् ।

घाइतेलाई भेट्ने क्रममा उनले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका हुन् । बस्नेत सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत बनेका थिए । 


Loading...