मुख्य समाचार

बेइजिङबाट उँडे सी जिनपिङ, भोलि साँझ नेपाल आइपुग्ने

चीनका राष्ट्रपति सी जिनपिङ आज केही बेरअघि भारत र नेपालको भ्रमणका लागि बेइजिङबाट प्रस्थान गरेका छन् । उनको आज र भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने भोलि नै उनी नेपाल आइपुग्नेछन् ।  उनी चीनबाट भारतका लागि प्रस्थान गरिसकेको चिनियाँ सञ्चार माध्यमले ‘ब्रेकिङ न्यूज’ भन्दै सार्वजनिक गरिसकेका छन् । सी र मोदीबीच भारतको महाबलीपुरममा अनौपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ । उनी भोलि अपरान्ह नेपाल… पुरा पढौ

आज सार्वजनिक बिदा (यस्तो छ कारण)

संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आज आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले… पुरा पढौ

भेट्टाएको चेक बैंकमा साँट्न जाँदा…(सिसिटिभि फुटेजसहित)

हामीले नैतिकताको पाठ धेरै सिक्छौं र सिकाउँछौं तर व्यवहारमा लागू गर्ने गर्दैनौं । नैतिकता मानिसको सबैभन्दा ठूलो धन पनि हो । सीमित व्यक्तिमात्र इमान्दार बन्छन् र नैतिकता प्रदर्शन गर्छनु । तर पोखरामा यस्तो एउटा घटना घटेको छ । एक व्यापारीको चेक गैरापाटन आसपासमा खसेको हुन्छ । चेक भेट्टाउने व्यक्ति बेइमान बनिदिन्छ र तुरुन्त बैंकमा गएर साटिदिन्छन् । चेक राष्ट्रिय वाणिज्य बैंकको थियो । ‘चेक रकम ठूलो होइन तर नैतिकताको प्रश्न… पुरा पढौ

युवतीलाई जिस्क्याउने पाँच जनामाथि खुर्पा प्रहार, दुई जना सख्त घाइते

भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य… पुरा पढौ

सी जिनपिङ बेलुकी ४ः३०-५ः३० बजेको बीचमा नेपाल ओर्लने, यस्ता छन् कार्यक्रमहरू

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । यस्तो छ भ्रमण तालिका चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजे बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् । त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता… पुरा पढौ

पेट्रोलियम खपत तीन गुणाले वृद्धि

पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ ।  नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१-७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५-७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ ।… पुरा पढौ

परस्त्रीसँग सम्बन्ध राख्ने मालपोत अधिकृतलाई १० दिन हिरासतमै राखिने

परस्त्रीसँगको सम्बन्धमा रंगेहात भेटिएर बुधवार राति पक्राउ परेका जिल्लाको दक्षिणी क्षेत्र बेलौरी  मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी र उनीसँगै पक्राउ परेकी महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ । महिलाका परिवार तथा बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले दिएको उजुरीका आधारमा मालपोत कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि बुधवार राति प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । बिहिबार दुवैजनालाई जिल्ला… पुरा पढौ

सोमबार देशभरका अदालत बन्द

सर्वोच्च अदालतले असोज २७ गते सोमबार देशभरका सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको छ।पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायाको निधनको शोकमा सोमबार सबै तहका अदालत बन्द गर्ने सर्वोच्चले सूचना प्रकासित गरेर जानकारी दिएको छ। आइतबारसम्म दशैँ विदा परेकोले कार्यालय खुल्ने दिन सोमबार शोक विदा दिइएको सूचनामा उल्लेख छ। पूर्व प्रधानन्यायाधीश उपाध्यायाको यही असोज १० गते निधन भएको थियो। पुरा पढौ

महरा संसदबाट निलम्बित !

यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन्।  फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। सांसदबाट निलम्बनमा परेसँगै अब उनको सेवासुविधा पनि रोक्का हुनेछ। संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको पछि १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै… पुरा पढौ

चिनियाँ राष्ट्रपति सिको भ्रमणमा उच्चस्तरीय सुरक्षा

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।  आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।  सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरुप रिहर्सलसमेत भइरहेको उहाँले बताए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं