परस्त्रीसँग सम्बन्ध राख्ने मालपोत अधिकृतलाई १० दिन हिरासतमै राखिने


परस्त्रीसँगको सम्बन्धमा रंगेहात भेटिएर बुधवार राति पक्राउ परेका जिल्लाको दक्षिणी क्षेत्र बेलौरी  मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी र उनीसँगै पक्राउ परेकी महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।

महिलाका परिवार तथा बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले दिएको उजुरीका आधारमा मालपोत कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि बुधवार राति प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

बिहिबार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको छ ।उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले बताएका छन्।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं