ताजा समाचार

असाेज २४ गते २०७६

बेइजिङबाट उँडे सी जिनपिङ, भोलि साँझ नेपाल आइपुग्ने

चीनका राष्ट्रपति सी जिनपिङ आज केही बेरअघि भारत र नेपालको भ्रमणका लागि बेइजिङबाट प्रस्थान गरेका छन् ।

उनको आज र भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने भोलि नै उनी नेपाल आइपुग्नेछन् । 

उनी चीनबाट भारतका लागि प्रस्थान गरिसकेको चिनियाँ सञ्चार माध्यमले ‘ब्रेकिङ न्यूज’ भन्दै सार्वजनिक गरिसकेका छन् ।

सी र मोदीबीच भारतको महाबलीपुरममा अनौपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ । उनी भोलि अपरान्ह नेपाल आइपुग्ने कार्यतालिका रहेको छ ।

नेपाल र चीनबीच समझदारीका लागि रेल, सडक, ऊर्जा लगायतका थुप्रै विषय प्रस्तावित भए पनि अन्तिम निष्कर्ष निस्कन अझै बाँकी रहेको स्रोतहरुले बताएका छन् ।


Loading...