ताजा समाचार

असाेज २३ गते २०७६

महरा संसदबाट निलम्बित !

यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन्। 

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। सांसदबाट निलम्बनमा परेसँगै अब उनको सेवासुविधा पनि रोक्का हुनेछ।

संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको पछि १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए।


Loading...